घटना-दुर्घटना

टिपरको ठक्करबाट मृत्यु भएका वृद्धको शव चार दिनपछि आफन्तले बुझे

इकागज |
जेठ १२, २०७९ बिहीबार २०:५५ बजे

फाइल फोटो

चरीकोट - टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि आज आफन्तले बुझेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर विकको शव चार दिनपछि आज आफन्तले जिम्मा लिएका हुन् । 

मृतकका परिवारसँग आज भएको छलफलबाट टिपर चालकलाई कानुनी कारबाही गरिने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सुशील केसीले बताए । 


गौरीशंकर –७ मार्वुमा यही जेठ ९ गते ७० वर्षीय विकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

टिपरको ठक्करले मृत्यु भएपछि टिपर चालकलाई कारबाहीको माग गर्दै परिवारले शव बुझ्न मानेका थिएनन् । टिपर चालक हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । 
रासस


Author

थप समाचार
x