घटना-दुर्घटना

उदयपुरमा तीन दिनदेखि बेपत्ता युवाको शव फेला

इकागज |
जेठ १२, २०७९ बिहिवार १९:३८ बजे

फाइल फोटो

उदयपुर - जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरमा ३ दिन बाट बेपत्ता युवाको शव फेला परेको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२  का २८ वर्षीय मनोज सदाको शव भेटिएको हो । 

उनी ३ दिन देखि घरबाट बेपत्ता भएको र खोजतलास गर्ने क्रममा बिहीबार ११ बजेतिर सनुवाखोला निमुवा दोभानमा सदाको शव फेला परेको प्रहरीले जनाएको छ । 


प्रहरीले शव फेला परेको भन्ने सूचना प्राप्त हुँनासाथ तत्काल घटनास्थलमा पुगी अनुसन्धान गरी कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाट उदयपुरमा राखिएको छ ।


Author

थप समाचार
x