घटना-दुर्घटना

दुर्घटनामा श्रीमानकाे मृत्यु, श्रीमती घाइते

इकागज |
जेठ ६, २०७९ शुक्रवार १७:२७ बजे

कैलाली- पूर्व–पश्चिम राजमार्गको लम्कीचुहा सडक खण्डमा बस र मोटरसाईकल ठोक्किँदा मोटरसाईकलमा सवार चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाईकलमा सवार महिला घाईते भएकी छिन् । लम्की–चुहा नगरपालिका ६ गुलरास्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बसमा विपरीत दिशा तर्फबाट आउँदै गरेकोे से ५ प २४४ नम्बरको मोटरसाईकल ठोक्किँदा कैलालीको बर्दगोरिया गाउँपालिका ५ बस्ने वर्ष ४५ को श्रवण रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


दुर्घटनामा घाईते राजमती रानाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरु श्रीमान् श्रीमती हुन्। दुर्घटनापछि स्थानीयहरुले सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा दर्जनौ सवारी-साधन अलपत्र परेका छन् ।


Author

थप समाचार
x