स्वास्थ्य

धरानमा खोप लगाएका ७२ वर्षीय संक्रमित वृद्धको मृत्यु

इकागज |
माघ १३, २०७८ बिहीबार १२:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- धरानमा कोभिडविरुद्धको खोप लगाएका ७२ वर्षीय संक्रमित वृद्धको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा धरान उपमहानगरपालिका १५ का ती संक्रमित पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

उनलाई ९ गते कोभिड पुष्‍टि भएको र १२ गते दन कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । प्रतिष्‍ठानका सह-प्रवक्ता डा.चुडामणी अधिकारीकाअनुसार मृतक संक्रमितले कोभिडविरुद्धको खोप लगाएका थिए । प्रतिष्‍ठानमा कोभिड संक्रमणका कारण हालसम्म ४३० जनाको मृत्यु भइसकेको छ ।



Author

थप समाचार
x