स्वास्थ्य

ललितपुर महानगरपालिकाको अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द

इकागज |
माघ ९, २०७८ आइतबार १४:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- ललितपुर महानगरपालिकाले पाँच दिनसम्म अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द गर्ने भएको छ । सोमबारदेखि शुक्रबारसम्म (स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, दमकल सेवा, शव बाहन, सरसफाई र नगरप्रहरी ) अत्यावश्यक बाहेकका अन्य सेवा बन्द रहने महानगरले जनाएको छ ।

महानगरले जारी गरिएको सूचनामा लेखिएको छ, 'महानगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिसमेत भई उपचार गर्न होम आइसोलेशनमा बसेका छन् । अधिकांश कर्मचारीहरू संक्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्न सम्भव छैन । अत्यावश्यक बाहेकका अन्य सेवाहरू यही १० देखि १४ गते सम्म बन्द रहनेछ ।'


 

 


Author

थप समाचार
x