स्वास्थ्य

ओमिक्रोनसँग जुझ्‍न पूर्वतयारी

दोस्रो लहरको तुलनामा प्रदेशगत रूपमा कति आईसीयू र भेन्टिलेटर थपिए ?

अतिन आचार्य |
पुस २९, २०७८ बिहिवार १९:२३ बजे

काठमाडौँ- पहिलो र दोस्रो लहरको तुलनामा कोभिड-१९ संक्रमितको उपचार गर्न सरकारले बेड जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीको वृद्धि गरेको छ । विभिन्‍न स्थानमा अक्सिजन प्लान्‍ट र गम्भीर प्रकृतिका संक्रमितको उपचार गर्न आइसीयू ,भेन्टीलेटर जस्ता स्वास्थ्य सामग्रीको संख्या पनि बढाएको छ ।

लक्षण नदेखिएका तर संक्रमण पुष्‍टि भएकालाई राख्‍न ८ हजार २०२ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदेश १ मा ८१९, प्रदेश २ मा १६८०, बागमती प्रदेशमा ३२८३, गण्डकी प्रदेशमा ६५१, लुम्बिनी प्रदेशमा ४५२, कर्णाली प्रदेशमा ६०७ र सुदूरपश्चिम प्रदेशमा ७१० आइसोलेसनमा बेड तयारी अवस्थामा छन् ।


त्यसैगरी एचडीयू बेड प्रदेश १ मा ५६७, प्रदेश २ मा ६९५, बागमती प्रदेशमा ११९१, गण्डकी प्रदेशमा ४४४, लुम्बिनी प्रदेशमा ६४०, कर्णाली प्रदेशमा ९६ र सुदूरपश्चिममा ३८४६ वटा छन् ।

विभिन्न अस्पतालमा गरी देशभर आइसीयूको संख्या २७९७ वटा पुगेको छ । प्रदेश १ मा ३४२, प्रदेश २ मा ३९६, बागमती प्रदेशमा १४२३, गण्डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा २३९, कर्णाली प्रदेशमा ९७ र सुदूरपश्‍चिम प्रदेशमा ७२ वटा आइसीयू बेड छन् ।

मन्त्रालयकाअनुसार गम्भीर प्रकृतिका संक्रमितलाई राख्‍न देशभर १ हजार ८ वटा भेन्टिलेटर छन् । सबैभन्दा बढी बागमती प्रदेशमा ५३२, सबैभन्दा कम सुदूरपश्‍चिममा ३१, कर्णाली प्रदेशमा ३५, लुम्बिनी प्रदेशमा ५६, गण्डकी प्रदेशमा ८२, प्रदेश २ मा १२४ र प्रदेश १ मा १४८ वटा भेन्टिलेटर छन् ।  

पहिलो लहरको तुलनामा दोस्रो लहरमा देखिएका संक्रमितलाई बढी अक्सिजनको आवश्यकता परेको थियो । नेपालमा उत्पादित अक्सिजन सिलिण्डर नपुग्दा विभिन्न देशबाट आयात गरिएको थियो । खाडीमा पसिना बगाउन गएका नेपाली श्रमिकले समेत अक्सिजन सिलिण्डर पठाएका थिए । 

हाल देशभर १३ हजार ९३९ वटा अक्सिजन सिलिण्डर रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १०१४, प्रदेश २ मा २६३८,बागमतीमा ३६९०, गण्डकीमा २३०५, लुम्बिनीमा २७६६,  कर्णालीमा ४०५ र सुदूरपश्‍चिममा १३९१ वटा अक्‍सिजन सिलिण्डर रहेको मन्त्रालयलले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

संक्रमितलाई अक्सिजन सिलिण्डरले नपुग्दा अक्सिजन कन्सन्ट्रेटरकोसमेत प्रयोग गरिएको थियो । अक्सिजन कन्सन्ट्रेटर विभिन्‍न मुलुकले सहयोग गरेका थिए । सहयोगमा प्राप्‍त गरी मुलुकमा हालसम्म ६९३ वटा कन्सन्ट्रेटर रहेको छ । प्रदेश १ मा ६६, प्रदेश २ मा ३६, बागमती प्रदेशमा १५८, गण्डकी प्रदेशमा ८५, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ८० र सुदूरपश्‍चिममा १९९ वटा छन् ।

त्यसैगरी कोभिडको ओमिक्रोन भेरियन्ट देखा पर्दासम्म गरी विभिन्‍न स्थानमा गरी ९८ वटा अक्सिजन प्लान्ट छन् । प्रदेश १ मा १७,  प्रदेश २ मा ८,बागमती प्रदेशमा २८,गण्डकी प्रदेशमा १७,लुम्बिनी प्रदेशमा १६, कर्णाली प्रदेशमा ७ र सुदूरपश्‍चिममा ५ वटा प्लान्ट छन् ।

अक्सिजन टयांक २५ वटा छन् । प्रदेश १ मा २, प्रदेश  २ मा २, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ३ र सुदूरपश्‍चिममा २ वटा टंयाक रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कोभिडको पहिलो र दोस्रो लहरमा सरकारले कुल एक हजार ७०२ आइसीयू र भेन्टिलेटर नौ सय वटा भेन्टिलेटरको व्यवस्था गरेको थियो । इकागजले उक्त संख्यामा राखेको आइसीयू बेड र भेन्टिलेटर संख्याको तथ्यांकसमेत फेला पारेको थियो । अहिले भने केही संख्यामा आइसीयू र भेन्टिलेटरको संख्या वृद्धि गरेको छ ।

प्रत्येक प्रदेशमा कोभिडको दोस्रो लहरको तुलनामा आइसीयू र भेन्टिलेटर दुबैको संख्या दोब्बरमा बढेका छन् । प्रदेश १ मा दोस्रो लहरमा १३४ आइसीयू बेड रहेकोमा अहिले भने सोही प्रदेशमा ३४२ वटा आइसीयू बेड संख्या रहेका छन् । अन्य प्रदेशमा पनि सोही अनुसार  आइसीयू लगायतका अन्य सामग्रीहरू थपिएका छन्  ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x