स्वास्थ्य

सामाजिक सञ्जालमार्फत आफूहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरु आन्दोलित

इकागज |
जेठ ८, २०८० सोमवार १३:७ बजे

काठमाडौँ - सामाजिक सञ्जालमार्फत आफूहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरु आन्दोलित भएका छन् । 

विभिन्न बहानामा नर्सहरुलाई चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको र काम अनुसारको सेवा सुविधाबाट वञ्चित गरिएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।


उनीहरुले कसैको चरित्र हत्या गर्न पाईदैन, नर्सहरुमाथिको दमन आखिर कहिलेसम्म, के नर्सहरुमाथि अत्याचार गर्न पाईन्छ ? नर्स क्षेत्रमा सुरक्षा प्रत्याभूति गरियोस लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  

त्यस्तै प्रदर्शनमा सहभागीहरुले सामाजिक सञ्जालमा नर्सहरुको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले समग्र पेशा नै बदनाम गर्न खोजिएको गुनासो गरेका छन् ।

उनीहरुले केही व्यक्ति गलत हुनसक्ने भएपनि समग्र नर्सिङ पेशा गलत नभएको जनाएका छन् ।


Author

थप समाचार
x