स्वास्थ्य

चिकित्सक भन्छन् : नेपालमा क्यान्सर रोगको अवस्था भयावह

इकागज |
बैशाख ३१, २०८० आइतबार १९:२५ बजे

काठमाडौँ- नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरूले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरूको भनाइ छ ।

आइतबार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै चिकित्सकहरूले धुम्रपान नियन्त्रण गर्न सके क्यान्स हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।


कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झाले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन र जीवनशैली रहेको बताए । नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उनको भनाइ छ ।

क्यान्सरका क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउन नेपाल सरकारले काम गर्न पर्ने भन्दै उनले थप जनशक्तिको विकास हुन पनि आवश्यक रहेको धारणा राखे ।

त्यस्तै वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताए । उनले क्यान्सरको विरामीलाई सरकारले एक लाखसम्मको उपचारमा सहुलियत दिइरहेको जानकारी दिए ।

त्यस्तै भक्तपुर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन भएको भन्दै सुर्ति सेवनलाई रोक्न सके, नियमित कसरत र जीवनशैलीमा ध्यान पुर्याउन सके क्यान्सरको खतरा ९० प्रतिशत कम हुने बताए ।


Author

थप समाचार
x