स्वास्थ्य

गोरखाबाट सुत्केरीको उद्धार

इकागज |
फागुन ३, २०७९ बुधवार १९:२४ बजे

फाइल फोटो

गोरखा - सुत्केरी व्यथाले च्यापेकी गोरखाकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी २२ वर्षीया अनिता गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल काठमाडौं लगिएको हो ।

केरौंजास्थित स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि आफन्तको अनुरोधमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको हो ।


राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत पछि खर्च व्यवस्थापन गर्ने गरी उनको उद्धार गरिएको हो ।
 


Author

थप समाचार
x