स्वास्थ्य

मुगुका चार हजार विद्यार्थीको निःशुल्क आँखा तथा कान परीक्षण

इकागज |
फागुन ३, २०७९ बुधबार १४:१४ बजे

मुगु ।  मुगुमा चार हजारभन्दा बढी विद्यार्थीको नि:शुल्क आँखा तथा कानको जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ मुगु, आँखा उपचार केन्द्रले मुगुमा ४ हजार १८१ विद्यार्थीको निःशुल्क आँखा तथा कान परीक्षण गरेको हो । 

किर्डाक नेपाल  विश्व शिक्षा र युनिसेफको सहयोगमा सञ्चालित प्रारम्भिक कक्षा सिकाई कार्यक्रमअन्तर्गत केही दिनदेखि सञ्चालन गरिएको कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको आँखा र कान परीक्षण गरिएको हो । 


मुगुको  चार स्थानीय तह छायाँनाथ रारा नगरपालिका, मुगम कार्मारोङ, सोरू र खत्याड  गाउँपालिकामा रहेका सम्पर्ण १४० विद्यालयमा १ देखि  ३ कक्षासम्मका बालबालिकाहरुको आँखा र कान परीक्षण गरिएको नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए ।


Author

थप समाचार
x