स्वास्थ्य

साढे ३ लाख बालबालिकाले कोभिडको दोस्रो मात्रा पाएनन्

दुई जिल्लामा २७ जना नयाँ कुष्ठरोगी फेला

अतिन आचार्य |
माघ २९, २०७९ आइतवार १९:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनामा ५ देखि ११ वर्षसम्मका ३४ लाख ८० हजार ३४२ जना बालबालिकाले कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनका अनुसार ३१ लाख १७ हजार १४ जनाले दोस्रो मात्रा खोप पाएका छन् ।

आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्री विष्णु पौडे्लले ३१ लाख १७ हजार १४ जनाले दोस्रो मात्राको खोप पाएको जानकारी दिए । अर्धवार्षिक प्रतिवेदनका अनुसार हालसम्म ३ लाख ६३ हजार ३२८ बालबालिकाले हालसम्म कोभिड खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेका छन् ।


स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख सागर दाहालले पहिलो खोप लगाएर दोस्रो ठाउँमा स्थानान्तरण हुँदा पनि छुटेको हुन सक्ने दाबी गरे ।

‘पहिलो मात्रा खोप ९० प्रतिशत बढी भएको छ,’  उनले भने,’ दोस्रो मात्रा ८० प्रतिशत छ । खोप लगाएका १० प्रतिशत बालबालिकालाई पुनः खोप लगाउने अवसरबाट वञ्चित भएका छौं ।‘

दोस्रो मात्रा खोप लगाउन बाँकी रहेकालाई लगाउन फाइजर खोप लामो समयसम्म राखिएको उनले जानकारी दिए । ‘खोप अभियान धेरै ठाउँमा चलायौ । कतिपय ठाउँमा हामीले सूचना जारी गर्यौ,’ खोप महाशाखाका प्रमुख  दाहाल भन्छन्,’ केहीले लगाएका पनि होलान् र डाटा पनि आउन बाँकी रहेको हुन सक्छ ।‘

खोप लगाउन बाँकी रहेकालाई पुनः खोप लगाउन जिल्लास्थित स्वास्थ्य कार्यालयमा माग नआएको उनले उल्लेख गरेका छन् । उनले थपे,’ छुटेका बालबालिकालाई खोप लगाउनलाई पुनः माग भएको छैन । खोपको माग खोप महाशाखासम्म आइसकेको छैन ।‘

मन्त्रालयले गत असार ९ गते पहिलो चरणको खोप देशभरका विभिन्न स्थानका बालबालिकालाई लगाएको थियो । कोभिडबाट सुरक्षित राख्न बालबालिकालाई फाइजर खोप लगाएको थियो ।

त्यसैगरी, पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ २० हजार २ सय २ जनाले निःशुल्क सेवा लिएका छन् । प्रतिवेदनमा १ सय २० स्थानीय नागरिक आरोग्य समिति गठन भएको उल्लेख गरिएको छ ।

चार सय स्थानीय तहमा ५, १० र १५ बेडको अस्पताल निर्माण गर्न २ सय ९० वटा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको प्रतिवेदनमा बताइएको छ ।

‘क्लिनिकल अपडेट’ कार्यक्रम मार्फत बागमती प्रदेशका २४ जना चिकित्सकलाई तालिम दिएको छ ।

१ सय १२ जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण

गम्भीर रोग अन्तर्गत १ सय १२ जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरेको प्रतिवेदनमा उल्लेख छ । सातै प्रदेशको ३ सय ३० स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरेको छ ।

बाँके र सिराहामा सक्रिय विधिबाट परीक्षण गर्दा २७ जनामा कुष्ठरोग फेला परेको प्रतिवेदनले जनाएको छ । ६ महिनामा स्वास्थ्य मन्त्रालयले विभिन्न ४ वटा कार्यविधि संशोधन गरेको छ ।

एएनसीदेखि पीएनसी कन्टिन्युम अफ केयर गाइडलाइन, २०७९ । सुरक्षित गर्भपतन सेवा कोचिङ र मेन्टरिङ गाइडलाइन, २०७९ । एसबीए मेन्टरिङ गाइडलाइन, २०७९ । अपाङ्गमैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्वसम्बन्धी निर्देशिका २०७९ ।

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x