स्वास्थ्य

रेडक्रस सोसाइटीले दियो ३० वटा एम्बुलेन्स

इकागज |
माघ २४, २०७९ मंगलबार १६:२५ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल रेडक्रस सोसाइटीले, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोगमा विभिन्न जिल्लास्थित रेडक्रसका निकायलाई ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

मंगलबार काठमाडौंमा स्थानीय आवश्यकता पहिचान गरि ३० वटा “ख” वर्गका एम्बुलेन्स खरिद गरी ३० वटा जिल्ला स्थित रेडक्रसका निकायहरू मार्फत सञ्चालन गर्ने गरी सम्बन्धित जिल्लाका प्रतिनिधिहरु हस्तान्तरण गरिएको हो । 


कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिव जगन्नाथ चापागाईले उक्त एम्वुलेन्स हस्तान्तरण गरेका थिए । त्यस्तै १५ वटा जिल्ला शाखाहरूमा हाल उपलब्ध भएका एम्बुलेन्सको स्तरीकरण गर्ने काम पनि सम्पन्न भएको रेडक्रसले जनाएको छ । 

एम्बुलेन्स हस्तान्तरण गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिव चापागाईले अन्य जिल्लाहरुमा पनि अन्तर्राष्ट्रिय महासंघको आर्थिक सहयोगमा एम्बुलेन्स प्रदान गर्ने योजना रहेको बताए । 

हस्तान्तरण गरिएका एम्बुलेन्सहरुलाई प्रादेशिक स्तरमा स्थापना गरिएका प्रेशण केन्द्रमा आबद्ध गरि १०२ नंवरमार्फत सञ्चालन गरिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

 

 


Author

थप समाचार
x