स्वास्थ्य

थप ११ जनामा कोभिड पुष्टि

इकागज |
जेठ ७, २०७९ शनिबार १८:२१ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप ११ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय १९ पीसीआर परीक्षणका क्रममा ११ जनामा कोभिड पुष्टि भएको हो । 

१ हजार २ सय ११ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोभिड पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोभिडका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । 


थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ६२ जना निको भएका छन् । हाल नेपालमा १ सय ४८ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x