स्वास्थ्य

थप १९ जनामा सङ्क्रमण पुष्टि

इकागज |
जेठ ३, २०७९ मंगलबार १८:२८ बजे

फाइल फोटो

काठमाडौँ - थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार १९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ जना छन् । पछिल्लो समय आठ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९२१ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन् ।  नेपालमा सङ्क्रमण दर १७।३ प्रतिशत छ । नेपालमा प्रति १० लाखमा ३९३।४ को निधन भएको छ । हाल होम आइसोलेशनमा १४९ जना रहेका छन् । 


Author

थप समाचार
x