खाडी

कतारले नेपाली अभिभावकका भिसा प्राप्त सन्तानलाई विद्यालय पहुँचमा पुर्‍याउने

इकागज |
फागुन १५, २०७९ सोमबार १९:३५ बजे

काठमाडौँ-  नेपाली दूतावासले कतारमा बसोबास गरी विद्यालय भर्ना नभएका नेपाली अभिभावकका सन्तानको लागत संख्या संकलन गर्ने भएको छ । ‘एजुकेशन एबोभ अल फाउण्डेसन’ बाट विद्यालयमा भर्ना नभएका बालबालिकालाई अध्ययनको पहुँचमा पुर्‍याउन बालबालिकाको तथ्यांक राख्न लागेको दूतावासले जनाएको छ ।

कतारस्थित नेपाली दूतावासले अभिभावक र बालबालिकाको भिसाअवधि रहेका तर कुनै पनि विद्यालयमा भर्न नभएका बालबालिकाको संख्या माग भएको जनाएको छ ।


अभिभावक र बालबालिकाको भिसाअवधि रहेको कार्डसहित निवेदन पठाउन दूतावासले आग्रह गरेको छ । ‘अभिभावकले दूतावासको इमेल ठेगानामा सम्पूर्ण विवरण पठाउनुपर्नेछ,’ दूतावासले जारी गरिएको सूचनामा लेखिएको छ ।


Author

थप समाचार
x