सरकार

सरकार गठनको लागि सर्वदलीय बैठक

लक्ष्मी भण्डारी |
माघ १४, २०७८ शुक्रबार २०:५३ बजे

सुर्खेत - कर्णाली सरकार विस्तारको लागि आज सर्वदलीय बैठक बसेको छ । नेतृत्व परिवर्तन भएको तीन महिनासम्म पनि सरकार विस्तार हुन नसकेपछि सरकार विस्तारबारे छलफल गर्न बैठक बसेको हो । 

बैठकमा एमालेसहित सबै दलका नेताको उपस्थिति थियो । कर्णाली सरकार विस्तारमा गठबन्धनभित्रै भागबण्डा नमिल्दा किचलो बढेको छ । हाल कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (समाजवादी)को गठबन्धन सरकार छ । कांग्रेसबाट मुख्यमन्त्री शाहीसहित नेकपा (समाजवादी) र नेकपा माओवादी केन्द्रबाट एक–एक मन्त्रीको हाल सरकारमा प्रतिनिधित्व छ ।


आजको सर्वदलीय बैठकपछि गठबन्धनले मन्त्री भागबण्डाबारे पनि टुंगो लगाउने उद्देश्यले बैठक बोलाइएको प्रदेशसभा सांसद एंव माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले जानकारी दिए । ‘अहिले म सर्वदलीय बैठकमा सहभागी भएको छु’ इकागजसँग कुरा गर्दै विष्टले भने, ‘हेरौ बैठकपछि के हुन्छ ।’


Author

थप समाचार
x