सरकार

माघ १० गतेदेखि भिजिट भिसामा खाडी देश जान रोक

इकागज |
माघ ७, २०७८ शुक्रबार १८:५३ बजे

फाइल फोटो

काठमाडौँ : सरकारले भिजिट भिसामा खाडी देश र मलेसिया जान रोक लगाएको छ । कोभिड १९ संक्रमण बढेपछि भिजिट भिसामा खाडी देश र मलेसिया पुगेर अलपत्र गर्ने गरेको गुनासो बढेपछि गृह मन्त्रालयले माघ १० गतेदखि त्यता जान रोक लगाएको हो ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर तत्कालका लागि खाडी मुलुक जान रोक लगाएको जनाएको हो । पछिल्लो समय भिजिट भिसाको दुरुपयोग गरि धेरैजसो श्रमिक पनि खाडी मुलुक जाने गरेका छन् । 



Author

थप समाचार
x