सरकार

बेल्जियमको कार्यक्रममा जान बालेनलाई मन्त्रिपरिषद्‌को स्वीकृत

इकागज |
जेठ २४, २०८० बुधवार ११:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई विदेशमा हुने कार्यक्रममा सहभागी हुन स्वीकृत दिएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा हुने कार्यक्रममा सहभागी हुन स्वीकृत दिएको हो ।

जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘मेट्रो पोलिस वल्र्ड कंग्रेस तथा ब्रसेल्स अर्बान समिट २०२३’ विषयक कार्यक्रममा सहभागि हुन काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।



Author

थप समाचार
x