सरकार

मन्त्रिपरिषद्ले गर्‍यो प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत

भ्रमणमा पाँचजना मन्त्री सहभागी हुने

इकागज |
जेठ १५, २०८० सोमबार १६:१५ बजे

काठमाडौँ- मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणलाई स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको १७ जेठदेखि ६ दिन हुने भारत भ्रमणलाई स्वीकृति दिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा पाँच मन्त्री सहभागी हुने पनि उनले बताइन् । प्रवक्ता शर्माका अनुसार टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसहित पाँचजना मन्त्री सहभागी हुनेछन् । 



Author

थप समाचार
x