सरकार

भारत भ्रमणअघि प्रधानमन्त्री प्रचण्डले को-कोसँग गर्दैछन् छलफल ?

इकागज |
जेठ १४, २०८० आइतबार ९:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक छलफल गर्ने भएका छन् ।

आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन् । 


प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार पहिलो चरणमा पुर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पुर्वपरराष्ट्र मन्त्रीलगायतसँग चरणमा छलफल गर्नेछन् । जुन छलफल २ बजेबाट सुरु हुनेछ ।   

उनका अनुसार दोस्रो चरणमा कुटनीतिक परामर्श गर्नेछन्, जुन छलफलमा पुर्वपरराष्ट्र मन्त्रीहरू तथा भारतका लागि पुर्वनेपाली राजदूतसँग छलफल हुनेछ । दोस्रो छलफल ३:३० बजे हुनेछ ।  

प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि जेठ १७ गते भारत जाँदैछन् । 


Author

थप समाचार
x