सरकार

पर्यटन मन्त्री किराँतीले भनेः विमानस्थलमा व्यागेज चोरिएको घटनाहरू सत्य हो ?

इकागज |
चैत १६, २०७९ बिहीबार १७:२६ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक बैठक बसी ब्यागेज चोरिएको घटनाको सत्य पक्ष उजागर गर्ने बताएका छन् ।

बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकमिक बैठक बसी निम्न प्रश्नको जवाफ मागेको सामाजिक सञ्जालमा प्रस्ट पारेका छन् । ‘अब उत्तर बोलेर, लेखेर होइन परिणाममा खोजेको छु,’ उनले भनेका छन् ।


१, व्यागेज चोरिएको घटनाहरु सत्य हो ?

२, अराइभलमा यात्रु लड्ने विद्युतीय भर्‍याङ्ग के हुँदैछ कहिलेसम्म बनि सक्छ ?

३, सरसफाई अभियान के कस्तो चल्दै छ ?

४, समयमा जहाज उड्दैछ कि छैन ?

५, यात्रु मैत्री एयरपोर्ट बन्दै छ कि छैन ?

६, एयरपोर्ट भित्र महङ्गी नियन्त्रण भयो कि भएन ?

७, ब्रेक बिनाको ट्रली फेर्ने काम कहाँ पुग्यो ?

८, शाैचालय भित्र बजि रहेको सङ्गित किन बन्द भयो ?

९, महिला सौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ?

१०, एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ?

११, एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो ?

१२, एयरपोर्ट भित्र वाईफाई प्रभावकारी किन चल्दैन ?

 

 


Author

थप समाचार
x