सरकार

मन्त्रिपरिषद्‌ विस्तार दुई चरणमा : सुरुमा गृह, अर्थसहित सबै दलबाट एक-एक जना मन्त्री हुने

इकागज |
चैत १५, २०७९ बुधबार १३:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद्‌ विस्तारमा सकस भएको छ । पटक-पटक सत्ता गठबन्धन दलहरूसँग छलफल गरे पनि सहमति जुट्‌न नसकेपछि मन्त्रसिपरिषद्‌ विस्तामा सकस भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनको बैठक दिउँसो ३ बजे बस्नेगरी विनानिष्कर्ष टुंगिएको छ । साना दलहरूले बढी मन्त्रालय माग गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् । आज ३ बजे बस्‍ने बैठकले मन्त्रिपरिषद्‌ विस्तार आजै राति वा भोलि विस्तार गर्ने निर्णय हुने बालुवाटार स्रोतले जानकारी दियो ।


भागबण्डा नमिलेपछि दुई चरणमा मन्त्रिपरिषद्‌ विस्तारमा गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । पहिलो चरणमा गृह, अर्थ मन्त्री नियुक्ति गर्ने र गठबन्धनमा भएका सबै दलबाट एक-एक जना मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको माओवादीका एक नेताले इकागजलाई जानकारी दिए । त्यसैगरी दोस्रो चरणमा गठबन्धनमा रहेका दलहरूसँग छलफल टुंग्याएर मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी छ । 

प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम बुझाउन गठबन्धनका सबै दललाई भनेको एकिकृत समाजवादीका एक नेताले इकागजलाई जानकारी दिए । उनका अनुसार तीन जना मन्त्रीको दाबी गरेको समाजवादीले सुरुमा कसलाई पठाउने भन्‍ने दोधारमा छ । प्रधानमन्त्री प्रचण्डले समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हुने एक जनाको नाम आजै पठाउनु भनेपछि समाजवादीले नाम टुंग्याउन बैठक डाकेको छ ।

प्रचण्डले मन्त्रालय भागबण्डाको खाका तयार गरीसकेका छन् । जसअनुसार कांग्रेसलाई ८ मन्त्रालय र माओवादीले ५ मन्त्रालय पाउनेछन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ३, एकिकृत समाजवादीले २ र जनता समाजवादीले २ मन्त्रालय पाउनेगरी खाका तयार गरेको बालुवाटार स्रोतले जनाएको छ । त्यसैगरी प्रचण्डले बनाइएको खाकामा सत्तासाझेदारी साना दललाई एक-एक मन्त्रालय छुट्याइएको छ । 

र, यो पनि


Author

थप समाचार
x