सरकार

पाँच डिआईजी एआईजीमा बढुवा

इकागज |
चैत ६, २०७९ सोमवार १०:४० बजे

काठमाडौं - सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसअनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । 

गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । 



Author

थप समाचार
x