सरकार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे

इकागज |
माघ २६, २०७९ बिहीबार १२:२४ बजे

काठमाडौँ- सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकिएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो ।

तर बिहीबार अपरान्ह ३ बजे संयन्त्रको बैठक बस्नेगरी समय तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए  ।


बुधबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय भएको थियो । 

संयन्त्रको बैठकमा राष्ट्रपतिको पद उम्मेदवारलगायतका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ । 
 


Author

थप समाचार
x