सरकार

नागरिकता लिएर पुन: गृहमन्त्री बन्‍न बालुवाटार धाउँदै रवि

इकागज |
माघ १७, २०७९ मंगलबार १०:५७ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्‌न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न बालुवाटार पुगेका हुन् ।

नागरिकता विवादका कारण सांसद उपप्रधानमन्त्री, गृहमन्त्री र पार्टी सभापति पद गुमाएपछि लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएका थिए ।


रवि अहिले सांसद छैनन् । तर उनलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउन स्वयम् रवि मात्रै लागेका छैनन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि लागेका छन् । प्रधानमन्त्री प्रचण्डलाई समेत ओलीले रविलाई मन्त्री बनाउन दबाब दिइरहेका छन् । 

त्यसो आइतबार नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डसँग रविको यो दोस्रो भेट हो ।

आइतबार साँझ प्रचण्ड र ओलीको छलफल सकिएलगत्तै  रवि पनि प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा रविले आफु फेरि गृहमन्त्री बन्‍न चाहेको प्रष्ट बताएका थिए । गैरसांसद ६ महिनासम्म मन्त्री बन्‍न पाउने भन्दै त्यसपछि उपनिर्वाचनबाट आफु जितेर आउने रविको तर्क थियो ।

तर प्रधानमन्त्री प्रचण्ड भने रविलाई फेरि गृहमन्त्रालय दिन तयार छैनन् ।

र, यो पनि


Author

थप समाचार
x