सरकार

कर्मचारीको लापरवाहीले रुपन्देहीका दुई स्थानमा मतदान रोकियो

इकागज |
मंसिर ४, २०७९ आइतवार १३:२६ बजे

बुटवल - निर्वाचन आयोगका कर्मचारीको कमजोरीका कारण रुपन्देही ५ का दुई स्थानमा मतदान रोकिएको छ । रुपन्देही सालझण्डीमा रहेको पशुपति माबीको क केन्द्र र हरैयाको रुद्रपुर माबीमा मतदान रोकिएको हो।

दुवै स्थानमा प्रतिनिधि सभाको मत पत्र दिनेमा दुवै प्रदेश सभाको मतपत्र दिएपछि विवाद भएको हो । पशुपति माविमा ३२ मतपत्र र र हरैयाको रुद्रपुर माविमा पनि ६७ मत यस्तै खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रवक्ता टेकराज पन्थीले जानकारी दिए ।


दुवै स्थानमा उम्मेद्वारहरूसहित सर्वदलीय बैठक बसेर व्यवस्थापनको प्रयास भइरहेको जानकारी दिए । यस्तो मत बदर मतको रुपमा गनिने र प्रतिनिधित्व हुने गरी व्यवस्थापन हुने उनले जानकारी दिए ।


Author

थप समाचार
x