सरकार

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस

इकागज |
असोज ३, २०७९ सोमवार ११:३४ बजे

काठमाडौँ - सरकारले विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । आठौं संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा  सोमबार बिहान विशेष कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा,  संवैधानिक निकायका प्रमुखसहित उच्च सरकारी अधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुको उपस्थिति थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो।

 

तस्बिर : रासस


Author

थप समाचार
x