सरकार

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

इकागज |
असार २१, २०७९ मंगलबार १८:५५ बजे

काठमाडौँ- लामो समयदेखि संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक सरकारले फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिनिधि सभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला) ले इकागजलाई  जानकारी दिए । उनले संसद्काे राज्य व्यवस्था समितिबाट अल्पमत र बहुमतका आधारमा पारित भएकाले यस्ताे महत्वपूर्ण विधेयक राम्राे नहुने हुँदा फिर्ता गर्ने निर्णय भएकाे बताए। उनले भने, 'नागरिकता जस्ताे महत्वपूर्ण विषय यसरी अल्पमत र बहुमतकाे आधारमा पारित हुनु राम्राे हाेइन । त्यसमा सबैकाे स्वीकार्य हुने गरी अर्काे विधेयक प्रस्तुत गर्ने उद्देश्यसहित फिर्ता लिने निर्णय भएकाे हाे ।'


उक्त विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफल गरी २०७७ असार ९ गते पारित भएकाे थियाे । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा संसदमा नागरिकता विधेयक दर्ता गरेको थियो । 

 


Author

थप समाचार
x