सरकार

महँगीको मारले जनताको ढाड सेकियो, कर घटाएर राहत दिऔँ : प्रचण्ड

'प्रत्येक भान्साबाटै विद्रोह सुरु हुने परिस्थिति आयो'

इकागज |
जेठ १४, २०७९ शनिबार १२:३९ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महंगीको मारले नेपाली जनताको ढाड सेकिएको बताएका छन् ।  शनिबार बसेको संसद्‌ बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

महंगी यसरी दैनिक रुपमा बढ्‍दै गएमा प्रत्येक भान्साबाटै विद्रोह सुरु हुने परिस्थिति बनेको प्रचण्डले बताए । जनतालाई महंगीको मारबाट जोगाउन र राहत दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आफुले कुरा गरेको बताएका छन् ।


'महंगीको मारले नेपाली जनताको ढाड सेकिएको छ । प्रत्येक भान्साबाटै विद्रोह सुरु हुन्छ भन्या जस्तो परिस्थिति आएको छ' प्रचण्डले भने 'दिनदिनै महंगी बढ्‍यो । जनता आजित भइसके । यसको सामना हामीले गर्नुपर्छ ।'

'मुल्यवृद्धि जसरी भएको छ । महंगीको मारबाट जनता बचाउनका लागि पेट्रोलियम पदार्थको कर हटाएर जनतालाई राहत दिऔँ । सरकारको ध्यान जाओस्' प्रचण्डले भने 'कर घटाएर भए पनि मुल्यवृद्धि रोकौँ भनेर भनेको प्रधानमन्त्रीलाई ।'

...
प्रचण्डले काठमाडौँ महानगरपालिकाका मेयर र धरान उपमहानगरपालिकाको मेयर मात्रै स्वतन्त्र भएको बताए । उनले अन्य ठाउँमा जितेका स्वतन्त्र उम्मेदवार दलका कार्यकर्ता भएको बताए ।

'काठमाडौँ र धरानमा फूल फक्रिए । यही व्यवस्थाको उपलब्धि हो' प्रचण्डले भने 'तर यो राजनीतिलाई चुनौती मात्रै होइन हामीलाई सचेत हुन र कमीकमजोरी सच्याउन अवसर पनि हो ।'

...
एमाले कार्यकर्ताप्रति भरोषा र विश्वास रहेको बताए । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्भ र अहंकारबाट पछि नहटेको बताएका छन् । तर ओलीले घोचपेच मात्रै गरेको उनले बताए । 'ओली दम्भ र अहंकारबाट पछि हटेनन् । एमाले कार्यकर्ताप्रति भरोषा र विश्वास छ' प्रचण्डले भने 'ओलीसँग यो दम्भ र अहंकार  नहुने हो भने अरु सबै एमालेका कार्यकर्तासँग मिलेर काम गर्न म कठिन हुने देख्दिन । तर अझै बाँण प्रहार गर्नुभयो । आज यो परिस्थित कसले बनायो ? जिम्मेवारी को ?'

...
'मलाई नमिठो अनौठो लाग्यो अस्ति प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताले भनेका कुरा । हामी कसैको बैशाखी टेकेर हिड्दैनौँ भन्नु भो । म त्यहीँ अगाडी छु आँखा जुधेको छ । आज आउनु भएन' प्रचण्डले भने 'मेरो अगाडि कम्तिमा पनि जसको सहयोमा दुई पटक प्रधानमन्त्री बन्नुभयो । यो बैशाखी हो कि सहयोग हो ?'

...
'चुनावले बलियो सन्देश दियो ति सबै तत्वलाई दियो जसले संविधान उल्ट्याउन, कमजोर बनाउन, मिच्‍न चाहनेलाई तत्वलाई राम्रो जवाफ दियो' प्रचण्डले भने ।

...
'समस्या समाधन गर्न साझा संकल्प र प्रतिवद्धताको आवश्यक देखिएको छ । तर अस्तिदेखि घोचपेचको अवस्था मात्रै देखियो' प्रचण्डले भने 'तर हामीमा छलफल भएन । समस्या समाधानका लागि नयाँ भिजन दिनेभन्दा एकले अर्कोलाई दोष दिएर बस्यौँ ।'
 


Author

थप समाचार
x