सुशासन

दुई लाख घूस लिने सव-इन्जिनियर अख्तियारको नियन्त्रणमा

इकागज |
असोज १९, २०७८ मंगलबार १७:६ बजे

काठमाडौँ - सेवाग्राहीसँग घूस लिने एक सव-इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।  बसुन्धाराको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा कार्यरत सव-इन्जिनियर दिपेन्द्रकुमार केसीलाई नियन्त्रणमा लिएको हो ।

कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्‍न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा घूस लिइरहेका थिए । सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको थियो ।



Author

थप समाचार
x