सुशासन

मृतकका नामको सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने गाविस सचिवविरुद्ध मुद्दा

इकागज |
असार २७, २०७८ आइतवार १३:१३ बजे

काठमाडौँ : जाजरकोटको तत्कालीन लहँ गाउँ विकास समितिका दुई सचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूमाथि मृत्यु भइसकेको व्यक्तिका नामको सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोप छ । तत्कालीन सचिव दोर्णप्रसाद पौडेल र दिपक सुनारविरुद्ध अख्तियारले काठमाडौँ विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

पौडेलमाथि सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता सम्बन्धित व्यक्तिलाई नबुझाई कीर्ते हस्ताक्षर ल्याप्चे गरेको आरोप छ । उनले मृतकको भत्ता समेत हिनामिना गरेको अनुसन्धानमा खुलेको छ । पौडेलविरुद्ध पाँच लाख ९३ हजार दुई सय रुपैयाँ बिगो दाबी गरिएको छ । 

दिपक सुनारले पनि सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको आरोप छ । उनीमाथि चार लाख ४० हजार चार सय रुपैयाँ बिगो दाबी गरिएको छ । 



Author

थप समाचार
x