सुशासन

के तपाई अधिवक्ता बन्‍न चाहनुहुन्छ ? परीक्षा हुँदैछ !

इकागज |
असार १२, २०७९ आइतबार ९:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल कानुन व्यवसायी परिषद्को ३०औ अधिवक्ता तहको लिखित परीक्षा हुने भएको छ । इच्छुक उम्मेदवारले असार १५ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिनुपर्ने छ । फारम भर्ने समयावधि सकिएको सात दिनभित्रमा दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

 भदौ २३ देखि २६ गतेसम्म प्रदेश १ विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा परीक्षा हुने भएको हो ।


नेपाल कानून व्यवसायी परिषद्को ऐन २०५० को दफा (१७१) बमोजिम योग्य व्यक्तिले नोटरी पब्लिकद्वारा प्रमाणित गराइ आवेदन दिन सकिनेछ ।


Author

थप समाचार
x