फुटबल

मरिसससँग हुने दुई खेलका लागि दुई टिम

इकागज |
माघ १२, २०७८ बुधबार १३:११ बजे

काठमाडौँ- राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले मरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि टिमको घोषणा गरेका छन् । दशरथ रंगशालामा आउँदो शनिबार र मंगलबार हुने खेलका लागि दुई टिम घोषणा गरिएको छ । 

अफ्रिकी टिमसँगको खेलका लागि ३४ खेलाडी छानिएका छन् । जसमा १२ खेलाडी दुवै खेलका लागि छनौटमा परेका छन् । अनि एक–एक खेलका लागि छनौट भएका खेलाडीको संख्या भने ११–११ छ । 


कप्तान किरण कुमार लिम्बु (गोलरक्षक), गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, आशिष लामा र विमल घर्ती मगर भने दुवै खेलका लागि दुवै टिममा राखिएका छन् ।  

यी खेलका लागि दशरथ रंशशालाको क्षमताको एक तिहाई सिटमा मात्रै दर्शक राखिनेछ । दर्शकका लागि दुई मूल्यका टिकट राखिएको छ । जसमा साधारण प्याराफिटतर्फ पाँच सय रुपैयाँ राखिएको छ भने भीआईपी प्याराफिटका लागि एक हजार रुपैयाँ राखिएको छ । 

पहिलो खेलका लागि: 

किरण कुमार लिम्बु (गोलरक्षक), दीप कार्की (गोलरक्षक), टिकेन्द्र थापा (गोलरक्षक) 

गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिश रत्न चुन्जु र जगजित श्रेष्ठ । 

पहिलो खेलका लागि मात्रैः

दीप कार्की (गोलरक्षक), टिकेन्द्र थापा (गोलरक्षक), सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, दर्शन गुरुङ, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिश रत्न चुन्जु र जगजित श्रेष्ठ ।

दोस्रो खेलका लागि: 

किरण कुमार लिम्बु (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), शत्रुघन चौधरी (गोलरक्षक)

गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, शुसिल राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ । 

दोस्रो खेलका लागि मात्रैः

विशाल श्रेष्ठ (गोलरक्षक), शत्रुघन चौधरी (गोलरक्षक), पुजन उपरकोटी, नवीन गुरुङ, सुवास गुरुङ, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, शुसिल राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ

दुवै खेलका लागिः 
किरण कुमार लिम्बु (गोलरक्षक), गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ती मगर


Author

थप समाचार
x