फुटबल

मैत्रीपूर्ण खेलका लागि नेपाल आइपुग्यो मरिससको टिम

इकागज |
माघ १०, २०७८ सोमबार १३:२७ बजे

फाइल फोटो

काठमाडौँ- नेपालको राष्ट्रिय फुटबल टिमले आउँदो माघ १५ र १८ गते मरिसससँग दुई खेल खेल्दैछ । दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलहरूमा भाग लिन मरिसस काठमडौँ सोमबार काठमाडौँ आइपुगेको छ । टर्कीको इस्ताानबुल हुँदै मरिससको टिम काठमाडौँ ओर्लेको हो । 

नेपालले पहिलो पटक मरिससविरुद्ध खेल्न लागेको हो । मरिसस फिफा वरीयतामा १७२ औँ स्थानमा रहेका अफ्रिकी टिम हो । फिफा ब्रेकको अवसर छोपेर नेपाल र मरिसस मैत्रीपूर्ण खेलहरूमा आमनेसामने हुन लागेका हुन् । 



Author

थप समाचार
x