फुटबल

‘ए’ डिभिजन लिग : अन्तिम खेलमा साविक विजेता मछिन्द्र विजयी

इकागज |
जेठ २७, २०८० शनिबार १६:१४ बजे

काठमाडौँ- राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब अन्तिम खेलमा विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । मछिन्द्रलाई जित दिलाउन अफिज वलावालेले २ तथा विमल घर्तीमगरले १ गोल गरे ।


मनाङका लागि विजय श्रेष्ठले एक गोल गरे । विजयले १५ औँ मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

तर, अफिजले ८० औँ मिनेटमा मछिन्द्रका लागि बराबरी गोल गरे । विमलले ८६ औँ मिनेटमा मछिन्द्रलाई २-१ को अवस्थामा पुर्‍याउँदा अफिजले दोस्रो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै साविक विजेतालाई ३-१ को जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा रहेको मछिन्द्रले २६ खेलबाट ४५ अंक जोडेको छ । विजेता चर्च ब्वाइज युनाइटेडले ४८ अंक जोडेको थियो । यता मनाङ भने ३२ अंक छ ।


Author

थप समाचार
x