फुटबल

प्रिमियर लिगका खेलहरू अवैध ‘स्ट्रिमिङ’ गर्ने गिरोहलाई जेल सजाय

इकागज |
जेठ १७, २०८० बुधवार १२:३७ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगका फुटबल खेलहरू हजारौँ मानिसहरूलाई अवैध तरिकाले देखाएको आरोप प्रमाणित भएपछि पाँच जनालाई जेल चलान गरिएको छ । इंग्ल्यान्डको चेस्टरफिल्ड क्राउन कोर्टले मंगलबार ती पाँच जनालाई जेल चलान गर्ने निर्णय गरेको स्काइस्पोर्ट्सले जनाएको छ ।

उनीहरुमध्ये ३६ वर्षीय रिङ्लिडर मार्क गोल्डलाई ११ वर्षको जेल सजाय र अन्य चार जनालाई तीनदेखि पाँच वर्षभन्दा बढीको कैद सजाय सुनाइएको छ ।


अवैध स्ट्रिमिङ गिरोहले शुल्क घटाइ ५० हजारभन्दा बढी व्यक्तिहरूलाई सदस्यता दिएको थियो ।

प्रिमियर लिगले जनाएअनुसार उनीहरुले पाँच वर्षमा नेपाल एक सय करोड भन्दा बढी कमाएको र उनीहरुलाई ठगी, मनी लन्ड्रिङ्ग र अदालतको अवहेलना गरेको आरोपमा दोषी ठहर गरिएको जनाएको छ ।

लन्डनका मार्क गोल्ड उनका सहयोगीहरु स्टीवन गोर्डन, पिटर जोली, विलियम ब्राउन र क्रिस्टोफर फेल्भसले विश्वभरि सयौं च्यानलहरूबाट प्रिमियर लिगका खेलकहरुका साथै हजारौं अन-डिमांड फिल्महरू र टिभी कार्यक्रमहरूमा अवैध रूपमा पहुँचमा दिएको आरोप प्रमाणित भएको छ ।

प्रिमियर लिगका जनरल काउन्सिल केभिन प्लम्बले जटिल छानविनको लामो प्रकृयापछि उक्त सजायको परिणाम आएको बताए ।


Author

थप समाचार
x