फुटबल

फर्गुसन र वेन्गर ‘प्रिमियर लिग अफ फेम’ मा समेटिए

इकागज |
चैत १५, २०७९ बुधबार १५:५३ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका पूर्व मुख्य प्रशिक्षक सर अलेक्स फर्गुसन र आर्सनलका पूर्व मुख्य प्रशिक्षक आर्सेन वेन्गरलाई ‘प्रिमियर लिग अफ फेम’ मा समेटिएको छ ।

८१ वर्षीय फर्गुसन इंग्लिस प्रिमियर लिगका सबै भन्दा सफल प्रशिक्षक हुन् । उनले प्रशिक्षकको रुपमा प्रिमियर लिगमा १३ उपाधि जितेका छन् । वेन्गरले भने आर्सनलमा २२ वर्ष विताउँदा ३ पटक लिगको उपाधि जिते । वेन्गरले सन् २००३-०४ मा आर्सनललाई लिगको उपाधि क्लबले अपराजित रहेको थियो ।


हल अफ फेममा अटाउने फर्गुसन र वेन्गर पहिलो दुई मुख्य प्रशिक्षक हुन् । हल अफ फेम सन् २०२१ मा उद्घाटन गरिएको थियो । सो वर्ष डेभिड बेखम, डेनिस बर्गकाम्प, एरिक कान्टोना, थियरी हेनरी, रोय केन, फ्रान्क लामपार्ड, स्टेभेन जेरार्ड र एलन शिररलाई समेटिएको थियो ।

गत वर्ष भने सर्जियो अगुइरो, डिडियर ड्रोग्बा, भिन्सेन्ट कोम्पनी, वायन रुनी, पिटर स्मेचेल, पल स्कोल्ज, प्याट्रिक भियरा तथा इयान राइट अटाएका थिए ।


Author

थप समाचार
x