फुटबल

मेस्सीले ह्याट्रिक गर्दा अर्जेन्टिनासँग कराकाओ पराजित

इकागज |
चैत १५, २०७९ बुधवार ८:४७ बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले कराकाओविरुद्ध शानदार जित हात पारेको छ । बुधबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले कराकाओलाई ७-० गोलअन्तरले पराजित गर्‍यो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले पहिलो हाफमै ह्याट्रिक पूरा गरे । उनले २० औँ, ३३ औँ तथा ३७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।


यससँगै अर्जेन्टिनाका लागि मेस्सीले १ सय २ गोल पूरा गरेका छन् । अर्जेन्टिनाका लागि एक सय गोल गर्ने मेस्सी पहिलो खेलाडी हुन् । साथै आफ्नो देशका लागि एक सय गोल पूरा गर्न मेस्सी तेस्रो खेलाडी बनेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले १ सय २२ तथा इरानका अली दाईले १ सय ९ गोल गरेका छन् । 

निकोलास गोन्जालेज, इन्जो फर्नान्डेज, एन्जेल डी मारिया र गोन्जालो मोन्टेलले एक-एक गोल गरे ।


Author

थप समाचार
x