फुटबल

अग्रता जोगाउन नसक्दा नेपालले बंगलादेशविरुद्ध बराबरी खेल्यो

इकागज |
चैत १४, २०७९ मंगलबार १६:५३ बजे

काठमाडौँ- साफ यू-१७ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपाधि दौडबाट बाहिरिसकेको नेपालले आयोजक बंगलादेशसँग बराबरी खेलेको छ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले बंगलादेशसँग १-१ को बराबरी खेलेको हो । नेपालका लागि सेनु परियारले एक गोल गर्दा बंगलादेशकी सागोरिकाले एक गोल फर्काइन् ।


सेनुले ८ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् तर ७५ औँ मिनेटमा सागोरिकाले बंगलादेशका लागि बराबरि गोल फर्काइन् ।

नेपालले अघिल्ला तीनमध्ये दुईमा हार तथा एक खेलमा जित निकालेपछि उपाधि दौडबाट बाहिरिएको थियो । नेपाल पहिलो खेलमा भारतसँग ४-१ ले पराजित दोस्रो खेलमा भुटानलाई ५-० ले पराजित गरेको थियो । तर तेस्रो खेलमा रुससँग ३-० को पराजय भोग्यो ।

बंगलादेशले भने तीनमध्ये २ खेल जित्दा एक खेलमा पराजय भोगेको थियो ।

तीनवटै खेल जितेको रुस भने उपाधि होडमा सबैभन्दा अगाडी छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।


Author

थप समाचार
x