फुटबल

साफ यू-१७ महिला च्याम्पियनसीप फुटबल

उपाधि होडबाट बाहिरिएको नेपालले आज बंगलादेशविरुद्ध खेल्दै

इकागज |
चैत १४, २०७९ मंगलबार ९:४२ बजे

काठमाडौँ- साफ यू-१७ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उपाधि दौडबाट बाहिरिसकेको नेपालले आज अन्तिम खेल खेल्दैछ । आफ्नो अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशविरुद्ध खेल्दैछ ।

नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजेबाट सुरु हुनेछ ।


नेपालले अघिल्ला तीनमध्ये दुईमा हार तथा एक खेलमा जित निकालेपछि उपाधि दौडबाट बाहिरिएको थियो । नेपाल पहिलो खेलमा भारतसँग ४-१ ले पराजित दोस्रो खेलमा भुटानलाई ५-० ले पराजित गरेको थियो । तर तेस्रो खेलमा रुससँग ३-० को पराजय भोग्यो ।

बंगलादेशले भने तीनमध्ये २ खेल जित्दा एक खेलमा पराजय भोगेको छ । बंगलादेशको उपाधिको सम्भावना कायमै रहेको छ ।

तीनवटै खेल जितेको रुस भने उपाधि होडमा सबैभन्दा अगाडी छ । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।


Author

थप समाचार
x