फुटबल

रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी

इकागज |
चैत १३, २०७९ सोमवार ९:४७ बजे

काठमाडौँ- युरोपियन च्याम्पियनसीप छनोटअन्तर्गत पोर्चुगलले लगातार दोस्रो जित हात पारेको छ । आइतबार राति समूह ‘जे’ अन्तर्गत लक्जम्बर्गलाई ६-० ले पराजित गर्दै पोर्चुगलले दोस्रो जित हात पारेको हो ।

पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले २ तथा जाओ फेलिक्स, बरनार्ड सिल्भा, ओटाभियो र राफायल लियोले एक-एक गोल गरे ।


यसअघि पोर्चुगलले पहिलो खेलमा लिचेस्टाइनलाई ४-० ले पराजित गर्दा रोनाल्डोले दुई गोल गरेका थिए ।

अन्य खेलमा इंग्ल्यान्डले युक्रेनलाई २-० तथा इटालीले माल्टालाई २-० पराजित गर्‍यो ।


Author

थप समाचार
x