फुटबल

फ्रान्स र बेल्जियमको शानदार जित

इकागज |
चैत ११, २०७९ शनिवार ९:१२ बजे

काठमाडौँ- युरोपियन च्याम्पियनसीप छनोटअन्तर्गत फ्रान्स र बेल्जियमले शानदार जित हात पारेका छन् । शुक्रबार राति भएको खेलमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४-० गोलअन्तरको जित हात पार्‍यो ।

समूह ‘बी’ अन्तर्गतको खेलमा फ्रान्सलाई जित दिलाउन कप्तान कायलियन एमबाप्पेले दुई तथा एन्टोनी ग्रिजम्यान र डायोट उपामेकानोले एक-एक गोल गरे ।


समूह ‘एफ’ अन्तर्गत भने बेल्जियमले स्विडेनलाई ३-० ले पाखा लगायो । बेल्जियमको जितमा रोमेलु लुकाकुले ह्याट्रिक पूरा गरे । उनले ३५ औँ, ४९ औँ तथा ८२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।


Author

थप समाचार
x