फुटबल

ए डिभिजन लिगः पाँचौ चरण सकिँदा दुई टिम मात्रै अपराजित

इकागज |
चैत ५, २०७९ आइतबार १५:५७ बजे

काठमाडौँ- जारी सिजनको सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको पाँचौ चरणका खेलहरु टुंगिएका छन् । पाँचौ चरणको समाप्तिसँगै सहभागी १४ मध्ये केवल दुई टिममात्र अपराजित रहन सफल भएका छन् ।

पाँचौ चरणसम्म अपराजित हुने टिममा मनाङ मर्स्याङ्दी क्लब तथा नवप्रवेशी चर्च ब्वाइज युनाटेड रहेका छन् ।


मनाङले पाँचमध्ये ३ खेल जित्दा २ खेलमा अंक बाँडेको छ । त्यसैगरी, चर्च ब्वाइजले पनि ३ खेल जित्दा २ खेलमा बराबरीको नतिजा निकालेको छ । दुबै टिमले समान ११-११ अंक जोडेका छन् ।

१२ अंकसहित शीर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लबले भने ४ खेलमा जित हात पार्दा एक खेलमा पराजय भोगेको छ । लिगमा एक खेलमा मात्र पराजित हुने टिममा सातदोबाटोसँगै जावलाखेल युथ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब तथा संकटा क्लब रहेका छन् ।

नेपाल पुलिस क्लबले भने सबै भन्दा धेरै ४ खेलमा पराजित हुँदा एक खेलमा बराबरीको नतिजा निकालेको छ । न्यूरोड टिम, फ्रेन्ड्स तथा एफसी खुमलटारले समान ३-३ खेलमा पराजय भोगेका छन् ।

नेपाल एपीएफ क्लब, थ्रीस्टार क्लब, हिमालयन शेर्पा क्लब तथा साविक विजेता मछिन्द्र फुटबल क्लबले भने समान २-२ खेलमा पराजित भएका छन् ।


Author

थप समाचार
x