फुटबल

फ्रेन्ड्सको प्रशिक्षकमा उर्जन नियुक्त

इकागज |
माघ २५, २०७९ बुधबार १२:५८ बजे

काठमाडौँ- नेपाली यू-१७ राष्ट्रिय फुटबल टिमका प्रशिक्षक उर्जन श्रेष्ठले फ्रेन्ड्स क्लबमा आवद्ध भएका छन् । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगका लागि फ्रेन्ड्सले उर्जनलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।

थ्रीस्टार फुटबल क्लबका मुख्य प्रशिक्षक उर्जनलाई प्रशिक्षकमा नियुक्त गरिएको फ्रेन्ड्सले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएको हो ।


यस सिजनले ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । डबल राउन्ड रोबिनको आधारमा हुने लिगमा १४ टिमको सहभागिता रहनेछ ।


Author

थप समाचार
x