फुटबल

१० खेलाडीमा सीमित पीएसजीले रेइम्ससँग बराबरी खेल्यो

इकागज |
माघ १६, २०७९ सोमबार ९:२९ बजे

काठमाडौँ- फ्रेन्च लिग वानअन्तर्गत १० खेलाडीमा सीमित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्ससँग अंक बाडेको छ । शीर्ष स्थानको पीएसजीले रेइम्ससँग १-१ गोलको बराबरी खेलेको हो ।

आर्सनलबाट लोनमा गएका स्ट्राइकर फोलारिन बालोगुनले रेइम्सका लागि इन्जुरी समयमा गोल गरेपछि पीएसजीले अंक बाडेको हो ।


५१औँ मिनेटमा गोल गर्दै नेयमारले पीएसजीलाई अग्रता दिलाएका थिए । तर ५९ औँ मिनेटमा मार्को भेराटीले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा रेइम्सका बालोगुनले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।

बराबरीसँगै पीएसजीले २० खेलबाट ४८ अंक जोड्दा दोस्रो स्थानको लेन्सको ४५ अंक छ । रेइम्स भने २६ अंकसहित ११ औँ स्थानमा रहेको छ ।


Author

थप समाचार
x