फुटबल

उपाधि दावेदार रियल मड्रिड अंक बाड्न बाध्य

इकागज |
माघ १६, २०७९ सोमबार ९:१५ बजे

काठमाडौँ- स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल मड्रिडले रियल सोसाइडाडसँग अंक बाड्न बाध्य भएको छ । आइतबार राति भएको खेलमा मड्रिडले सोसाइडाडसँग गोलरहित बराबरी खेलेको हो ।

ब्राजिलियन विंगर भिनिसियस जुनियरको तीनवटा प्रयास असफल भएपछि मड्रिडले एक अंकमा चित्त बुझायो । बराबरीसँगै १८ खेलबाट ४२ अंक जोडेको मड्रिड शीर्षस्थानको बार्सिलोना भन्दा पाँच अंकले पछि परेको छ ।


बार्सिलोनाले १८ खेलबाट ४७ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको सोसाइडाडको १९ खेलमा ३९ अंक छ ।


Author

थप समाचार
x