फुटबल

चेल्सीले भित्र्याए १९ वर्षीय फ्रेन्च डिफेन्डर

इकागज |
माघ १५, २०७९ आइतबार १५:५८ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीले फ्रेन्च डिफेन्डर मालो गुस्टोलाई भित्र्याएको छ । चेल्सीले फ्रेन्च क्लब लायनबाट १९ वर्षीय गुस्टोलाई ३५ मिलियन युरोमा भित्र्याएको बीबीसीले जनाएको छ ।

चेल्सीले गुस्टोलाई सन् २०३० सम्मका लागि भित्र्याएपनि उनी यो सिजन भने लायनकै लागि खेल्ने भएका छन् ।


सन् २०२१ मा लायनको सिनियर टिममा डेब्यू गर्नुअघि उनी युवा टिममा रहेका थिए । गुस्टोले लिग वानमा लायनका लागि यस सिजनमा १५ खेल खेलेका छन् ।


Author

थप समाचार
x