फुटबल

एफए कपः सिटीसँग आर्सनल पराजित

इकागज |
माघ १४, २०७९ शनिवार ९:४ बजे

काठमाडौँ- म्यानचेस्टर सिटी एफए कपकाव पाँचौ चरणमा प्रवेश गरेको छ । चौथो चरण अन्तर्गत शुक्रबार राति आर्सनललाई १-० गोलअन्तरले पराजित गर्दै सिटी अघिल्लो चरणमा प्रवेश गरेको हो ।

सिटीको जितमा नाथन अकेले निर्णायक गोल गरे । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलविरुद्ध अकेले ६४ औँ मिनेटमा निर्णायक गोल गरे ।


यस जितसँगै प्रिमियर लिगको साविक विजेता सिटीको पुनः लिगको उपाधि रक्षा गर्ने अपेक्षा बढेको छ ।


Author

थप समाचार
x