फुटबल

आफ्ना खेलाडीमाथि दुर्व्यवहार गरिएपछि फ्रान्सले गर्‍यो निन्दा

इकागज |
पुस ६, २०७९ बुधवार १२:३१ बजे

काठमाडौँ- कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलमा पराजित भएपछि आफ्ना खेलाडीहरुमाथि भएको रंगभेदी दुर्व्यवहारप्रति फ्रेन्च फुटबल फेडेरेसनले निन्दा गरेको छ ।

आइतबार राति भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो । फाइनलमा पराजित भएपछि फ्रान्सेली खेलाडीहरुलाई लक्षित गरि समाजिक सञ्जालबाट रंगभेदी दुर्व्यवहार गरिएको रोयटर्सले जनाएको छ ।


अर्जेन्टिनाविरुद्धको फाइनलका क्रममा फ्रेन्च फरवार्ड किङस्ली कोमान र मिडफिल्डर औरेलियन चौमेनीले पेनाल्टीमा गोल गर्न नसकेपछि उनीहरुलाई लक्षित गरेर दुर्व्यवहार गरिएको बीबीसीले उल्लेख गरेको थियो ।

फेडेरेसनले खेलाडीमाथि दुर्व्यवहार गर्नेहरु विरुद्ध कानूनी प्रकृया अघि बढाएको छ ।


Author

थप समाचार
x