फुटबल

जब विश्वकप विजेता अर्जेन्टिनाले विजयी जुलुस रोक्नुपर्‍यो !

इकागज |
पुस ६, २०७९ बुधबार ९:१७ बजे

काठमाडौँ- कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि जितेको अर्जेन्टिना फुटबल टिमका सदस्यहरूले विजयी जुलुस रोक्नुपरेको छ ।

बीबीसीले जनाएअनुसार विश्वकप विजेता टिमलाई अर्जेन्टिनाको राजधानी ब्यूनोस ऐरेसमा छत नभएको बसमा ८ घण्टाको विजयी जुलुस निकाल्ने योजना बनाइएको थियो ।


तर राजधानीको सडकहरू फुटबल समर्थकले भरिभराउ भएपछि उक्त निर्णयमा पुनः विचार गरियो । त्यसपछि विश्वकप विजेतालाई हेलिकप्टरमा राखेर विजयी जुलुस सम्पन्न गरिएको थियो ।

सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको भिडियोहरूमा समर्थकहरू बसमाथि उफ्रिरहेको देखाएको थियो । जबकी एक समर्थक बसमाथि उफ्रिने क्रममा लडेका थिए ।

विजयी जुलुसका क्रममा करिब ४० लाख मानिस सडकमा ओर्लिएको अनुमान गरिएको छ ।


Author

थप समाचार
x